• २८ वैशाख २०८१, शुक्रबार

सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

blog

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट । तस्बिर : प्रतिनिधिसभाको सचिवालय

काठमाडौं, भदौ २३ गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ ।

फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीवार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नुभयो ।


सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्नुहुँदै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयो ।

सापकोटाले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्नुहुँदै यसको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले वातावणको क्षेत्रमा गरेको काम सराहनीय रहेको बताउनुभयो ।