• ८ मंसिर २०८१, शनिबार

पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ : महानायक हमाल

blog

लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण गर्नुहुँदै कांग्रेस महामन्त्री गगन थापा, महानायक राजेश हमाललगायत । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ १७ गते। महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताउनुभएको छ। 

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिनुभयो। उहाँले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्न मद्दत पुर्‍याउने बताउनु भयो। 

महानायक हमालले पुस्तकमा अध्यताले आफ्नै सोच, आफ्नै परिवेश जस्तो खोज्न बेकार रहको बताउनु भयो। हरेक राम्रा पुस्तकले आफ्ना अनुभवलाई बढाएर हेर्ने कुरामा जोड दिने गरेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘पुस्तक पढ्दा यथार्थ र वास्तविकता खोज्ने होइन, त्यसको भावना के हो त्यो बुझ्नुपर्छ। कतिपय ठाउँमा पुस्तकमा तपाईंको परिवेश भन्दा अलग्गै परिवेश पनि हुनसक्छ। सोचाई फरक हुनसक्छ। तर, कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको छ भने आफ्नै भावना र सोच बुझ्न मद्दत गर्छ।’ 

हमालले पुस्तक बाआमाले आफ्नो जीवनकालका हरेक अनुभवलाई पुनः स्मरण गराएको बताउनु भयो।