• १६ भदौ २०८१, आइतबार

'दुई नम्बरी'को पहिलो गीत सार्वजनिक

blog

काठमाडौं, भदौ १६ गते । चलचित्र 'दुई नम्बरी'को पहिलो गीत सार्वजनिक भएको छ । असोज २१ गतेबाट प्रदर्शनमा आउने फिल्म को 'झलल आयो तिम्रो याद' बोलको गीत सार्वजनिक गरिएको हो । 

मेलिना राई र जयन जे.वाइवाको स्वर रहेको गीतमा गायक वाइवाकै शब्द तथा सङ्गीत छ ।

निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ लगायतको अभिनय छ । यस्तै, भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ फिल्मका निर्माता हुनुहुन्छ ।