• ११ असोज २०८१, शुक्रबार

झापामा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, भदौ १५ गते । जंगली हात्तीको आक्रमणमा परि झापामा फेरी एक जना वृद्धले ज्यान गुमाएका छन । मंगलवार विहान १० बजेको समयमा बाह्रदशी गाउँपालिका १ बस्ने ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीलाई सोही स्थानमा रहेको मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गरेको थियो ।

घाइते अधिकारीको उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा लैजाने क्रममा बाटैमा मंगलबार साँझे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

घटनाका वारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । झापामा मानव हात्ती द्वन्द्वका कारण वर्षेनी दर्जन वढी मानिस र जंगली हात्तीको क्षति हुदै आईरहेको छ ।