• १६ भदौ २०८१, आइतबार

म्याद थप गरेर कमेडियन क्षितिजमाथि अनुसन्धान गरिँदै

blog

काठमाडौं, भदौ १३ गते । कमेडियन अपूर्व क्षितिज सिंहमाथि म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिनुभयो ।

नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्‍याएको आरोपमा सिंहलाई प्रहरीले पक्राउ गरेको थियो । केही दिनअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सिंहको आलोचना भएको थियो । उक्त कमेडिको विरोध गर्दै नेवा समुदायका अभियन्ताहरुले कारबाहीको माग गर्दै प्रहरी परिसरमा जाहेरी दिएका थिए ।

विरोध भएपछि सिंहले सो भिडियो युट्युब च्यानलबाट हटाउँदै माफी माग्नुभएको थियो ।