• १८ असार २०८१, मङ्गलबार

पाठ्यपुस्तक छपाइमा लापरबाही, विद्यार्थी समस्यामा

blog

राजन रावत

हुुम्ला, साउन ३१ गते । कक्षा ८ को नेपाली बिषयका दुुई वटा पाठको बिषयवस्तु नछापिएर खाली आएपछि पठनपाठनमा विद्यार्थीलाई समस्या भएको छ । पाठको शीर्षक भए पनि बिषयवस्तु खाली आउँदा छपाइमा लापरवाही भएको प्रष्टै देखिएको हो ।  

बालमन्दिर माध्यमिक विद्यालयमा नेपाली विषय अध्यापन गर्ने शिक्षक मधु बस्नेतले जनक शिक्षाको लापरवाहीले दुुई वटा पाठको विषयबस्तु पुस्तकमा नछापिएर आएको बताउनुुभयो । पाठको शीर्षक मात्र छापिएर आएको भए पनि अन्य विषय नछापिएको बताउनुुभयो । पाठका बिषयबस्तु नछापिएर आएका पाठमा पाठ ३ को देबकुमारी थापा र ४ को ग्रन्थचित्र रहेको बताउनुुभयो । 

सो कक्षाका छात्रा अलिस्मा बोहराले यति धेरै गम्भीर त्रुटी हुनु राम्रो नभएको बताउँदै यसको समस्या तत्काल समाधान गर्न सरोकारवाला पक्षसँग आग्रह गर्नुभयो । शीर्षक मात्र भएर केही गर्न नसकिने बताउँदै पूर्णपाठ नपढी बिद्यार्थीले जानकारी लिन नसक्ने बताउनुुभयो । समस्या समाधान नभई यसभित्र बिधार्थीले गर्नुपर्ने क्रियाकलाप गर्न नसकिने उहाँले बताउनुुभयो । 

कक्षा ८ मा ५६ जना बिद्यार्थी अध्ययनरत हुनुहुन्छ । यस्तो गम्भीर त्रुटी गर्ने निकायलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउन उहाँले माग गर्नुभयो ।