• १८ असार २०८१, मङ्गलबार

आरक्षण सीट लागु नगर्ने १९ बस कारबाहीमा

blog

फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १७ गते । ट्राफिक प्रहरीले आरक्षण सीट लागु नगर्ने बसलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिर चल्ने चार वटा यात्रुबाहक बस, उपत्यकामा चल्ने १४ बस र एक माईक्रो बसलाई मंगलबार कारबाही गरेको हो ।

ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार चेकजाँच अभियानलाई  निरन्तर सञ्चालन गर्ने क्रममा ती बस कारबाहीमा परेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको विभिन्न स्थानहरुमा गरेको अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भए नभएको अनुगमन गरेको थियो । जसमा आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक भाडाका बसलाई कारबाही गरिएको हो ।