• १७ वैशाख २०८३, बिहिबार

जलजला–सिसाखानी सडक स्तरोन्नति

blog

ढोरपाटन (बागलुङ),  वैशाख १७ गते ।  जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति प्रारम्भ भएको छ । 

पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत छ किलोमिटर सडक ग्राभेल गर्न थालिएको हो । यसअघि एक करोड ७६ लाख खर्चेर दुई किलोमिटर यो सडकको एक खण्ड विस्तार गरिएको  थियो । 

पूर्वाधार विकास कार्यालयले यो वर्ष पनि एक करोड आठ लाख विनियोजन गरेकाले बाँकी चार किलोमिट खण्डमा धमाधम विस्तार थालिएको उक्त कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले राससलाई जानकारी दिनुभयो ।  रासस