• २८ पुस २०८१, आइतबार

नेप्से परिसूचक उच्च अङ्कले गिरावट

blog

काठमाडौं, साउन १० गते । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले गिरावट आएको छ ।

आज नेप्से सूचक ४४.८० अङ्कले घटेर २०८८.१६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अङ्कले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अङ्क घटेको छ ।

कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपियाँ बराबरको कारोबार भएको छ ।

यसअघि सोमबार चार अर्ब १० करोड ६८ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको थियो । नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ ।

जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, ब्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको शेयर मूल्य ९.३२ प्रतिशतले बढेको छ भने सूर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । यता गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ ।

मङ्गलबार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपियाँको शेयर कारोबार भएको छ ।