• ७ जेठ २०८१, सोमबार

गाउँको विकास गर्नु मेरो सपना हो : वरिष्ठ नेता पौडेल

blog

अमरराज नहर्की

तनहुँ, साउन ८ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास गर्नु नै आफ्नो राजननीतिक सपना भएको बताउनुभएको छ । कांग्रेस क्षेत्र १ तनहुँद्वारा भानु नगरपालिका –६ मा आयोजित सभा तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

नेता पौडेलले गाउँमा विकासका पूर्वाधारहरु धेरै पुगे पनि आम्दानी र रोजगारीको अभाव भएको बताउनुभयो । पर्यटन र कृषिमा क्रान्ति गरी गाउँमा आम्दानी र रोजगारी दिन सकिने हुँदा सो मार्गमा लागिपरेको उहाँले बताउनुभयो । गाँउवस्तीमा पक्की सडक, स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा र प्रविधियुक्त स्वास्थ्य केन्द्रको विकास गरी गाउँमै बस्ने वातावरण बनाउन आफू राजनीतिमा आएको उहाँले चर्चा गर्नुभयो ।

गाउँमा रोगगारी नभएकोले विदेश जानु पर्ने, सहर पस्नु पर्ने बाध्यता छ, त्यस्तो अवस्थाको अन्त्य गर्ने दायित्व पूरा गर्न आफू राजनीतिमा बुढ्यौली उमेरमा पनि क्रियाशील भएको उहाँले बताउनुभयो । आफ्नो स्वास्थ्यले साथ दिएसम्म राजनीतिमा लागिरहने बताउनुभयो ।

रुखविरुवाले पर्यावरणलाई दिगो स्थायित्व मात्र नभई मानव अस्तित्वसँग समेत बचाइराख्ने भएकाले वृक्षारोपण आवश्यक रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । “रुख विरुवा हुर्काउने र चौतारा नजिकै पोखरी स्थापना गर्न सके पर्यावरणलाई दिगो रुपमा बचाउन सकिन्छ” वरिष्ठ नेता पौडेलले भन्नुभयो । 

काक्रममा क्षेत्र १ का सभापति श्यामकुमार मौरतीले मुलुकको विकासका लागि नेतृत्व चयनमा जनताको भुमिका महत्वपूर्ण रहने भएकाले हरेक निर्णयमा विवेक पु¥याउनु पर्ने बताउनुभयो ।