• १३ साउन २०८१, आइतबार

नागरिकता विधेयक पारित भएकोमा नेता श्रेष्ठको आपत्ति

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ८ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएकोमा आपत्ति जनाउनुभएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले नागरिकता विधेयक पारित भएकोप्रति सरकार र सत्ता गठबन्धनप्रति रोश प्रकट गर्नुभयो । 

विचारको समस्या नभए पनि वैचारिक–सांस्कृतिक स्खलन भएका कारण निष्ठा कमजोर हुँदै जानु समस्या रहेको उहाँले औल्याउनुभयो । राजनीतिक स्वार्थहरुबाट प्रेरित भएका कारण चुनौति र खतरा पैदा भएको समेत उहाँले बतानुभयो ।

दलहरुबाट वैदेशिक हस्तक्षेप आमन्त्रण गर्नेक्रम बन्द हुनुपर्ने भन्नुहुँदै उहाँले देशभक्ति शक्तिहरुबीच एकता र सहकार्य हुनुपर्ने मुख्य आवश्यकता रहेको बताउनुभयो । अहिलेको परिस्थितिलाई गम्भिर अध्ययन एवम् समीक्षा गर्दै रणनीतिक मुद्दामा वाम समाजवादी मोर्चामार्फत अघि बढ्नुपर्ने पनि उहाँको भनाइ छ ।

“विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरियो”, उहाँले राजनीतिक दलहरुमा वैचारिक–राजनीतिक स्खलन भएका कारण यो अवस्था आएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो,  “अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ ।”