• १६ भदौ २०८१, आइतबार

तीन वर्षदेखि बन्द सन्तोष चलचित्र हल पुनः सञ्चालनमा आउने

blog

तानसेनको सन्तोष चलचित्र हल । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, साउन ६ गते ।
कोरोना महामारीका कारण तीन वर्षयता बन्द भएको चलचित्र हल पुनः सञ्चालनमा आउने भएको छ ।

सदरमुकाम तानसेनको पुरानो सिनेमा हलको स्तरोन्नतिपछि पुनः सञ्चालनमा ल्याइने  तयारी भएको हो ।

वि.सं. २०२४ सालदेखि सञ्चालनमा आएको ‘सन्तोष चलचित्र हल’ २०७६ चैतदेखि बन्द भएको थियो । कोरोनाका बेला बन्द भएको हल स्तरोन्नति गरेपछि सञ्चालन गर्ने तयारी गरिएको सञ्चालक सर्जुमान लिगलले बताउनुभयो ।

‘‘हलको मर्मत तथा स्तरोन्नति गरेर सकेपछि हल पुनः सञ्चालन गर्ने तयारीमा छौँ ।,’’ लिगलले भन्नुभयो । पहिलेकै अवस्थामा हल चल्ने नसक्ने कारण दर्शक तान्न केही आरामदायी र सुविधासम्पन्न बनाउने काम भइरहेको उहाँको भनाइ छ ।

वि.सं. २०२४ सालमा सर्जुमानका बुवा समाजसेवी स्वर्गीय भूयुमान लिगलले लाइसेन्स लिएर सिल्खानटोलमा रहेको मोहनकन्या माविमा चलचित्र देखाउन शुरूवात गर्नुभएको थियो । त्यतिबेला दिउँसो पढाइ हुने स्कुलमा साँझको समय चलचित्र देखाउने प्रचलन रहेको लिगलले बताउनुभयो ।