• १६ भदौ २०८१, आइतबार

तीज गीत ‘ओए मेरी रानी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते  । लोकदोहोरी गायिका प्रीति आले र गायक टेक अधिकारीको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानले सङ्गीत दिनुभएको छ ।

अनु पराजुली र लोमश शर्माको अभिनय रहेको गीतलाई विक्रम चौहानले निर्देशन गर्नुभएको हो । गीतको भिडियो सुजन श्रेष्ठले खिच्नुभएको हो भने गीतलाई युवराज खत्रीले सम्पादन गर्नुभएको छ ।