• १६ भदौ २०८१, आइतबार

जसलाई गितारले गायनमा फर्कायो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते ।  चर्चित गजल गायक भूपिन्दर सिंहको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । उनलाई पेटको समस्या थियो । उनको अन्तिम संस्कार मङ्गलबार राति करिब १२ः३० बजे मुम्बईको ओसिवारा घाटमा भएको थियो । 

६ फेब्रुअरी १९४० मा पटियाला राज्यमा जन्मेका यी गायकका प्राध्यापक बुवा नाथ सिंह सिख हुन् । जो आफैँ एउटा राम्रो सङ्गीतकार थिए । उनी सङ्गीत सिकाउनमा धेरै कडा मास्टर थिए । बुबाको कडा बानी देखेर भूपिन्दरलाई प्रारम्भिक चरणमा सङ्गीतप्रति घृणा थियो । एक समय थियो जब भूपिन्दरलाई सङ्गीत फिटिक्कै मन पर्दैनथ्यो । उनले सन् २०१६ मा एक भारतीय पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, “मेरो घरमा यति धेरै सङ्गीतिक कुरा हुन्थे कि म त्यति बेला सङ्गीतमा आउन चाहँदैनथेँ । मेरो बुबा नाथा सिंह अमृतसरमा सङ्गीत प्राध्यापक हुनुहुन्थ्यो । म सङ्गीतमा आएँ भने कहिल्यै इज्जत पाउन्न भन्ने मलाई लाग्थ्यो ।” उनले थपे, “त्यसैले पनि सङ्गीतमा नै भविष्य बनाउनेतिर म लागिनँ ।” एउटा समय आयो मैले गायन छाडिदिएँ । त्यसपछि मैले गितार सिक्न थालेँ र यसमा धेरै गाह्रा गीत बजाउन थालेँ ।  गितार बजाउँदै गर्दा सङ्गीतमा मेरो रुचि फेरि जाग्यो र म फेरि गीत गाउन थालेँ । गितारले मलाई गायनमा फर्कायो ।

भूपिन्दरले चलचित्रमा ‘दम मारो दम बोलो शुभ साम हरेकृष्ण हरेराम’ गीतबाट गितारवादकका रूपमा बलिउडमा डेब्यू गरेका हुन्, जुन गीत आरडी बर्मनले कम्पोज गरेका थिए । त्यसपछि उनले आरडी बर्मनका लगभग सबै उत्कृष्ट गीतहरूमा सङ्गीत दिए ।

चलचित्र ‘यादोँ कि बारात’को चुरा लिया है तुमने, ‘अमर प्रेम’को चिंगारी कोई भड्के..., ‘चलते चलते’को टाइटल ट्र्याक र ‘शोले’को महबुबा ओ मेहबुबा गीत समावेश छन् । धेरै अवसरमा आरडी बर्मन अर्थात् पञ्चम दाले भूपिन्दरलाई आफ्नो नवरत्नमध्ये एकका रूपमा वर्णन गर्ने गरेका छन् । आज गायक भूपिन्दर हामीबीच रहेनन् तर उनले चलचित्र जगत्लाई दिएको योगदान हामीमाझ सधैँ रहिरहनेछ ।एजेन्सी