• १२ असार २०८१, बुधबार

खाद्यान्न भण्डारणका लागि १८ गोदाम घर निर्माण हुँदै

blog

काठमाडौं, साउन ५ गते । चालु आर्थिक वर्ष २०७९–८० मा देशभर १८ वटा खाद्यान्न भण्डारणका लागि गोदाम घर निर्माण हुनेभएको छ । देशभर उत्पादन भएका खाद्य वस्तु भण्डारणका लागि सो ‘खाद्य गोदाम घर’ निर्माण गर्न लागिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । 

उहाँका अनुसार उक्त संरचना निर्माणका लागि हाल १८ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि १०० वटा गोदाम घर थपिने अपेक्षा रहेको उहाँले बताउनुभयो । यो आर्थिक वर्षमा १८ वटा गोदाम घरको निर्माण हुँदैछ । जसका लागि १८ करोड विनियोजन भएको छ । सयवटा गोदाम घर थप गर्न ४५ करोड बजेट विनियोजन हुने सञ्जेलले बताउनुभयो । 

सरकारले सङ्घ, संस्था र कम्पनीहरुसँग मिलेर गोदाम निर्माण गर्न लागेको सञ्जेल बताउनुहुन्छ । ‘गोदाम घरका लागि स्थानीय तहले आफै वा सहकारीसँग समन्वय गरेर ५० प्रतिशत खर्च जुटाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘निश्चित प्रक्रिया पूरा गरेपछि स्थानीय तहलाई ५० प्रतिशत रकम मन्त्रालयले सशर्त वित्तीय हस्तान्तरण गछौँ ।’ मन्त्रालयले गत आवमा १०० वटा गोदाम घर निर्माणका लागि दरखास्त आह्वान गरे पनि १८ वटाको मात्र आवेदन परेको थियो । 

यो आर्थिक वर्षमा १८ वटा गोदाम घरको निर्माण हुँदैछ । जसका लागि १८ करोड विनियोजन भएको छ । 

यी गोदामको डीपीआरको निर्माण सबै स्थानीय तहले नै गर्नुपर्ने मन्त्रालयका प्रवक्ता सञ्जेलले बताउनुभयो । यी गोदाम निर्माणपछि न्यूनतम समर्थन मूल्यको कार्यान्वयनमा सहयोग पुग्ने उहाँको भनाइ छ । ‘यो गोदाम निर्माण छि न्यूनतम समर्थन मूल्यको कार्यान्वयनमा सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो ‘अहिले कृषि सहकारीलाई पनि प्रतिक्विन्टल ११२ रुपियाँ व्यवस्थापन खर्च दिने गरिएको थियो । अब त्यसो हुँदैन ।’ यी गोदामहरु सहकारी मोडलमा निर्माण गरिने सञ्जेलले बताउनुभयो । 

मन्त्रालयले गत आवमा १०० वटा गोदाम घर निर्माणका लागि दरखास्त आह्वान गरे पनि १८ वटाको मात्र आवेदन परेको थियो । 

ठूला गोदाम घर

सरकारले ठूला साना गरी हाल १८ स्थानमा गोदाम घरका लागि स्थान छनोट गरेको जनाएको छ । सुरुमा बारा, झापा, रौतहट, नुवाकोट लगायतका विभिन्न स्थानमा गोदाम घर बनाउने तयारीका साथ कृषि मन्त्रालयले प्रक्रिया अघि बढाएको प्रबक्ता संजेलले बताउनुभयो ।

बाराको सिम्रौनगढमा २ हजार मेट्रिकटन भण्डारण क्षमताको खाद्य गोदाम घर बन्दै छ । यस्तै, रौतहटको चन्द्रपुरमा ५ हजार मेट्रिकटन भण्डारण क्षमता भएको खाद्य गोदाम घर निर्माण गरिने भएको छ । 

रौतहटको समनपुरमा ३ हजार मेट्रिक टन क्षमता भएका खाद्य गोदाम घर बनाउने तयारी छ ।

रौतहटको चन्द्रपुरमा १ हजार मेट्रिक टन क्षमता भएको गोदाम घर निर्माण गर्ने तयारी भएको छ । नुवाकोटको लिखु गाउँपालिकामा १ हजार मेट्रिक टन क्षमता भएको खाद्य गोदाम निर्माण भएको छ ।   

यस्तै, झापाको गौरादहमा २ हजार २०० मेट्रिक, अर्जुनधारामा थ्रेसिङफ्लोर भवनमा ५ हजार मेट्रिक टन क्षमताको भण्डारण बनाउन लागिएको छ । झापाकै मेचीनगरमा १ हजार मेट्रिक टन क्षमताको खाद्य गोदाम घर बनाउन लागिएको हो ।

साना गोदाम घर

सरकारले देशका आठ स्थानमा साना गोदाम घर बनाउन स्थान छनोट गरेको छ । उक्त स्थानहरुमा १०० मेट्रिक टनदेखि ५०० मेट्रिक टन क्षमताका गोदाम घर बनाउने तयारी भएको हो ।

सप्तरीको कल्याणपुरमा ४०० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण हुनेछ भने कपिलवस्तुको मायादेवी गाउँपालिकामा १०० मेट्रिक टनको खाद्य गोदाम घर बनाइनेछ । सर्लाहीको बरहथनामा खाद्य गोदाम घर निर्माण हुनेछ भने २०० मेट्रिक टन क्षमता भएको गोदाम स्याङजामा बन्ने छ । 

बर्दियाको जयनगरमा एक करोड रुपियाँको लागतमा १०० मेट्रिक टन क्षमताको खाद्य गोदाम बनाइने भएको छ । 

त्यस्तै, बर्दियाको जयनगरमा एक करोड रुपियाँको लागतमा १०० मेट्रिक टन क्षमताको खाद्य गोदाम बनाइने भएको छ । चितवनको खैरेनीमा २१० मेट्रिक टन क्षमताको खाद्य गोदाम निर्माण गरिने छ । 

यस्तै, सरकारले रौतहटमा साना किसान कृषि सहकारी संस्थासँग सहकार्य गरेर चन्द्रपुरमा ३४० मेट्रिक टन खाद्य गोदाम घर सञ्चालन गर्ने भएको छ । रौतहटकै जुडिबेलामा १०० मेट्रिक टन क्षमताको खाद्य गोदाम घर निर्माण गरिने भएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।