• २६ फागुन २०८२, मङ्गलबार

९९ हजार सहित पाँच जुवाडे पक्राउ

blog

कास्की समाचारदाता

कास्की, फागुन २६ गते ।जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँच जना जुवाडेलाई नगद ९९ हजार ८ सय ५५ रुपियाँ र एक बुक ताससहित नियन्त्रणमा लिएका छन् । 

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

अनुसन्धान प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।