शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नीराजन परियार
चौमाला (कैलाली),फागुन २४ गते । कैलालीको धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।धनगढी उपमहानगरपालिका७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
जोशीको उहाँकै श्रीमान डम्मरराज जोशीले हत्या गरेको खुलेको छ । प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन् ।
राति बुबाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करीब १ बजेतिर प्रहरी घरमा पुगेको थियो । टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ ।
अहिले भने शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । हत्यापछि फरार जोशीको भने खोजी भइरहेको छ ।