• २४ फागुन २०८२, आइतबार

सुनचाँदीकोे मूल्य बढ्यो

blog

काठमाडौँ, फागुन २४  गते ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० र चाँदी प्रतितोला ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४७५ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४४५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस