• १९ असार २०८१, बुधबार

गाडीको ठक्करबाट एकको मृत्यु

blog

मुकुन्द सुवेदी

बर्दिया, साउन ४ गते । बर्दियाको गेरुवा गाउँपालिकामा यात्रुबाहक गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–६ नौरंगामा यात्रुबाहक गाडीले ठक्कर दिँदा पैदलयात्री राजापुर नगरपालिका –१ का ३२ वर्षीय वसन्त थारुको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो । गुलरियादेखि गोलातर्फ जाँदै गरेको भे. १ ख ३३६४ नम्बरको यात्रुबाहक गाडीले पैदल हिँडिरहेका थारुलाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय, पाताभारले नियन्त्रणमा लिएको छ ।