• १३ साउन २०८१, आइतबार

ढकाल र दिक्पालका कृतिलाई पुरस्कृत गरिने

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, साउन २ गते । किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । 

प्राप्त कृतिमध्येबाट सातवटा कृति सूचीकृत गरिएकोमा यस पटक विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङ्मय (वाङमयिक अनुसन्धान) र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहास (इतिहास) लाई छनोट गरिएको एकेडेमीले जनाएको छ ।