सन्तोष दहित
दाङ, माघ २८ गते । दाङको राप्ती गाउँपालिकास्थित सिसहनिया अस्पतालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार निःशुल्क सिकलसेल परीक्षण गर्ने भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा माघ २८ गते सिसहनिया अस्पताल देउखुरीमा आज बिहान ९ बजेदेखि सिकलसेल तथा थालेसेमिया रोगको निःशुल्क परीक्षण तथा परामर्श हुने भएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा जनार्दन पन्थीले जानकारी दिनुभयो ।
थारू समुदाय एवम् शङ्कास्पद व्यक्तिले रगत परीक्षण गराएर लाभान्वित हुन उहाँले सवैमा अनुरोध गर्नु भएको छ । थारू समुदाय बढी मात्रा देखिने सिकलसेलको परीक्षणका लागी थारू बाहुल्य रहेको बस्तिमा उक्त आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रतिष्ठानले जिल्ला स्वास्थ्य कार्यालय दाङ, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र सिसहनिया अस्पतालको समन्वय गरेर शिविर गर्न लागेको हो । परीक्षणका लागि प्रतिष्ठानले विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहित आवश्यक पर्ने सबै किसिमले तयारी पुरा गरेको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. पन्थीले जानकारी दिनुभयो ।