• २१ फागुन २०८२, बिहिबार

स्याङ्जामा मतदान सुरु

blog

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), फागुन २१ गते । स्याङ्जामा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतदान सुरु भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको स्याङ्जाका मूख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कुनै पनि मतदान केन्द्रमा समस्या आएको सूचना छैन, मतदाताले मतदान गर्न सुरु गरेका छन् ।”

जिल्लामा १९९ मतदान स्थलका ३२२ मतदान केन्द्र रहेका छन् । सवै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी सोमबार नै मतदान केन्द्रमा पुगेर आवश्यक तयारी गर्न सुरु गरेका थिए । 

स्याङ्जामा २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् ।  क्षेत्र नं. १ मा एक लाख ३० हजार ८८६ मतदाता र निर्वाचन क्षेत्र नं. २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन् । 

क्षेत्र नं. १ मा एक स्वतन्त्र सहित ११ दलका १२ जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्र सहित १० दलका १२ जना गरि जिल्लामा २४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।