• २६ पुस २०८१, शुक्रबार

गभर्नरविरुद्ध माइतीघर मण्डलामा नेविसङ्घको प्रदर्शन

blog

काठमाडौं, असार ३१ गते । नेपाल सरकारका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्त माग गर्दै नेपाल विद्यार्थी सङ्घले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार बिहान  नेविसंघले माइतीघर पुगेर गभर्नरविरुद्ध प्रदर्शन गरेको हो ।

राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उहाँको आलोचनासमेत भइरहेको छ । यहीबीच आन्दोलन गर्दै नेविसङ्घले उहाँको राजीनामा माग गरेको हो ।

नेविसङ्घका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राम्राे कुरा नभएकाे बताउनु भयाे । ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन् । नेपालको अर्थतन्त्रलाई  नियमन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उपाध्यायले भन्नुभयो ।

उहाँले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन् । आन्दोलनमा नेविसङ्घका नेताहरू मदनराज उपाध्याय, विष्णु बडैला, एनसीसी कलेजका नेता अन्सुल केसी, नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदिक्षा आचार्यलगायतका नेताहरुले एक घण्टा धर्ना दिएका थिए ।