• ७ जेठ २०८१, सोमबार

ग्लोबल आईएमईलाई अवार्ड

blog

काठमाडौँ, असार ३१ गते  । ग्लोबल आईएमई बैङ्क लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ बेस्ट बैङ्क नेपाल २०२२’ बाट सम्मानित भएको छ ।बुधबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रममा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले उक्त अवार्ड ग्रहण गर्नुभएको हो । सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो ।

बैङ्कले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैङ्किङ क्षेत्रमा नयाँनयाँ प्रविधि प्रयोग तथा बैङ्कको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।युरोमनी म्यागाजिन बैङ्किङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ । युरोमनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् । अमेरिकाको बैङ्क अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरेको छ ।