शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ९ गते । नइ एकेडेमीले आउँदो चैतमा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) का दिन काठमाडौँमा सम्मेलन आयोजना गरिने एकेडेमीले जनाएको छ ।
सम्मेलनमा नेपाली भाषा साहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने छ । एकेडेमीले समालोचक प्राडा वासुदेव त्रिपाठीको प्राज्ञिक नेतृत्वमा तीनदिने सम्मेलन गर्न लागेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।