• ७ माघ २०८२, बुधबार

एन्फा निर्वाचन प्रक्रिया स्थगित

blog

काठमाडौँ, माघ ७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरेको हो । 

एन्फा निर्वाचन समितिको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको छ । यसअघि उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले माघ गते देखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पनि निर्वाचन समितिले जनाएको छ ।

उच्च अदालतले निवेदक २०७९ असार ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका सदस्य भएको र चार वर्षे कार्यकाल अझै बाँकी रहेको प्रारम्भिक रूपमा देखिएको उल्लेख गरेको थियो । 

अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्वाचनसम्बन्धी कुनै काम कारबाही अघि बढाउन नपाइने समेत आदेश गरेको छ । एन्फा निर्वाचनका लागि पदाधिकारीको मनोनयन दर्तासमेत सम्पन्न भई सकेको छ ।