• ५ माघ २०८२, सोमबार

पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा

blog

फाइल तस्बिर ।

काठमाडौँ, माघ ५ गते ।नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ ।

सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको बताउनुभएको छ ।

सभापति थापाले सोनाम ल्होसारले नेपालीबीच आपसी विश्वास, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै आर्थिक तथा सामाजिक रूपमा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।रासस