• २५ पुस २०८२, शुक्रबार

रैथाने खाना महोत्सवको तयारी

blog

रैथाने खाना महोत्सवको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, पुस २४ गते । पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ आयोजना गरिने भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसरमा खाना महोत्सव आयोजना गर्न लागेको हो । 

आयोजक नेपाल मगर संघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवको तयारी तीब्र पारिएको जानकारी दिएको छ । ‘रैथाने खानाको प्रवर्धन, आन्तरिक तथा बाह्य पर्यटनको संवर्धन’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको मगर सङ्घ पाँचथरका अध्यक्ष यौवनकुमार थापा मगरले बताउनु भयो ।

महोत्सवमा मगर, राई, लिम्बू, तामाङ, नेवारसहित १२ भन्दा धेरै आदिवासी जनजातिको संस्कृतिमा आधारित रैथाने परिकारका स्टल रहने छन् । महोत्सवमा झाँकीसहितका सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने मगर सङ्घको तयारी छ ।

फिदिम नगरपालिकाको प्रवर्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । कार्यक्रमले जिल्लाको सांस्कृतिक विविधता उजागर गर्नुका साथै स्थानीय पर्यटन प्रवर्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकको रहेको छ ।