• २५ पुस २०८२, शुक्रबार

टिमुरखर्कमा ३९ लाखभन्दा बढीमा मन्दिर निर्माण

blog

बोहरा चन्द बन्धुहरूको कुलपूजा मन्दिर। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, पुस २४ गते । पश्चिम गुल्मीको एक गाउँमा कुला कुलपूजा (देवाली) गर्ने मन्दिर निर्माण गरिएको छ। यस जिल्लाको मदाने गाउँपालिका-७, भनभनेको टिमुरखर्कमा बोहरा चन्द बन्धुहरूले देवता राखेर पूजा गर्ने मन्दिर प्यागोडा शैलीमा निर्माण गर्नुभएको हो। 

झण्डै नौ महिनामा मन्दिर निर्माणको कार्य सम्पन्न गरिएको बोहरा चन्द कुल मन्दिर निर्माण समितिका अध्यक्ष काँशीबहादुर बोहराले जानकारी दिनु भयो। उहाँका अनुसार ३९ लाख पाँच हजार ३३७ रुपियाँ लागतमा तीन तलाको कुल देवताको मन्दिर र कुल घर निर्माण गरिएको छ। अझै तारबार र रङ्गरोगन केहि काम बाँकी रहेको उहाँले बताउनु भयो। दाजुभाइ र चेलीबेटीको सहयोगमा कुल देवताको मन्दिर निर्माण गरिएको हो। 

इँटा, बालुवा, सिमेन्ट, मार्वल र काठ प्रयोग गरी परम्परागत शैलीमा मन्दिर निर्माण गरिएको छ। कुल मन्दिरलाई व्यवस्थितसँगै सञ्चालन गर्नका लागि २०७९ सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा बोहरा चन्द कुल मन्दिर दर्ता गरिएको मन्दिर निर्माण समितिका सचिव चुराबहादुर बोहराले जानकारी दिनु भयो। उहाँका अनुसार यस गाउँमा भारद्वाज गोत्रीय बोहरा चन्द बन्धुहरू ४० घर रहेका छन्। यहाँ अन्य स्थानमा रहनु भएका भारद्वाज गोत्रीय बोहरा चन्द बन्धुहरु कुलपूजाका लागि आउने गर्नु हुन्छ।