• १६ पुस २०८२, बुधबार

अब सफ्टवेयरबाटै कर्मचारी सरुवा

blog

काठमाडौँ, पुुस १६ गते  ।  सरकारले कर्मचारीको सरुवाको बेथिति सधैँका लागि अन्त्य गर्न सफ्टवेयरको माध्यमबाट सरुवाको व्यवस्थापन गर्ने तयारी गरेको छ । कर्मचारी सरुवामा सधैँ भनसुुन गर्नुुपर्ने, पहुँच हुने कर्मचारी सुुगम कार्यालयमै र पहुुँचविहीन दुुर्गम क्षेत्रका कार्यालयमा नै बस्नुुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले कर्मचारी सरुवा सफ्टवयेरलाई कार्यान्वयनमा ल्याई सरुवा प्रणालीको व्यवस्थापन गर्न लागेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सरुवा सफ्टवेयर निर्माण गरे पनि कार्यान्वयनमा भने आउन सकेको थिएन । अहिले मन्त्रालयले पहिला बनेकै सफ्टवेयरलाई कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गरी सफ्टवेयरको माध्यमबाट कर्मचारी सरुवा गर्न लागेको हो । 

निश्चित अवधि पुगेपछि प्रणालीले नै कर्मचारीको सरुवा गर्ने, कर्मचारी र रिक्त कार्यालयबारे अवगत गराउने, जसले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै सरुवा गर्ने अभ्यास निरुत्साहित हुने  मन्त्रालयले जनाएको छ ।  

लोक सेवा आयोगको परीक्षा पास गरी उत्साहका साथ निजामती सेवामा प्रवेश गरेका कर्मचारीको एकाध वर्षमै सरुवा झन्झटिलो बन्दा कर्मचारीको जोस, जाँगर र उत्साह मरेर निराशा बढ्न सक्ने सम्भावना भएकाले मन्त्रालयले कर्मचारी सरुवा व्यवस्थापन सफ्टवेयरद्वारा कर्मचारी सरुवा गरी निष्पक्षता र तटस्थता कायम गर्न लागेको हो । यसअघि कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुन दुुर्गम जिल्लाका कार्यालयबाट काठमाडौँ आई महिनौँसम्म होटलमा बसेर सरुवा हुुन शक्ति केन्द्र धाउनुुपर्ने बाध्यता थियो । 

मन्त्रालयका सचिव चन्द्रकला पौडेलले भन्नुुभयो, “सफ्टवेयर प्रणाली सञ्चालनमा आएपछि कर्मचारीको वैयक्तिक विवरणसँग अन्तरआबद्धता हुुने र कुुनै पनि कार्यालयमा कर्मचारी एक महिना, एक वर्ष, दुुई वर्ष वा सोभन्दा बढी कति समय बसेको हो भन्ने तथ्याङ्क एकमुुष्ट रूपमा सफ्टवेयरबाटै आउँछ । प्रणालीले नै दिएको निर्देशनबमोजिम कर्मचारी सरुवाका लागि नाम छनोट गर्न मिल्ने हुुन्छ र त्यहीँबाट कर्मचारी सरुवाको थिति बस्ने छ ।” 

सबै कर्मचारीको अद्यावधिक विवरण तयार गर्न लागिएको, सफ्टवेयरलाई राष्ट्रिय किताबखाना (निजामती) को सफ्टवेयरसँग समेत आबद्ध गरी सबै कर्मचारीको योग्यता, विशेष क्षमता, अनुभव, ज्येष्ठतालगायत विषयमा डाटा प्रोसेसिङ हुने गरी कर्मचारीको प्राथमिकता निर्धारण हुुने छ । सफ्टवेयरलाई कर्मचारीको व्यक्तिगत विवरणसहित सङ्गठनको दरबन्दी संरचना, कर्मचारी कार्यरत रहेको अवधि तथा रिक्त दरबन्दीको डाटासमेत निकाल्न, विश्लेषण गर्न तथा प्रतिवेदन निकाल्न सक्ने गरी विकास गर्ने तयारी मन्त्रालयले गरेको छ  । मन्त्रालयका प्रशासन शाखाका उपसचिव अनुुज घिमिरे सफ्टवेयरका माध्यमबाट कर्मचारी सरुवा गर्दा कर्मचारी सरुवामा यसअघि भएको सबै बेथितिको अन्त्य हुने बताउनुुहुन्छ । उहाँले भन्नुुभयो, “राइट पर्सन इन राइट प्लेस कायम गर्न यो सरुवा सफ्टवेयर लागु गर्न लागिएको हो । त्यसका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको छ ।”  

विषयगत मन्त्रालय तथा विभागको कार्यसम्पादन स्तरलाई उकास्नसमेत सरुवा सफ्टवेयर व्यवस्थापन प्रणाली प्रभावकारी हुने छ । यसका लागि मन्त्रालय तथा विभागस्तरीय सरुवा मापदण्ड तयार गरी त्यसलाई कार्यान्वयनमा ल्याइने छ । साथै प्रदेश र स्थानीय तहको सरुवासमेत प्रणालीकै आधारमा हुने गरी व्यवस्थापन गर्ने गरी मन्त्रालयले तयारी गरेको छ ।  

ऐनको प्रतिकूल नहुने गरी मापदण्ड

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था निजामती सेवा नियमावली र निजामती सेवा ऐनमा उल्लेख नभएकाले र स्थानीय सरकार सञ्चालन ऐन र सुशासनसम्बन्धी ऐनको प्रतिकूल नहुने गरी कर्मचारी सरुवाको सफ्टवेयर मापदण्डमा प्रस्ताव गरिएको छ । 

यसरी सफ्टवेयरबाटै कर्मचारी सरुवा गर्दा अहिलेको जस्तो मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहले फिर्ता गरी मन्त्रालयमा नै पठाउनुुपर्ने अवस्था र फिर्ता भएका कर्मचारी मन्त्रालयको अतिरिक्त समूूहमा बस्नुुपर्ने परम्पराको समेत अन्त्य हुुने छ । 

कर्मचारी सरुवाको निवेदन अनलाइन माध्यमबाट लिइने छ । सफ्टवेयरबाट कर्मचारी सरुवाका लागि अहिले मन्त्रालयले सबै कर्मचारीलाई अनिवार्य रूपमा कर्मचारीको वैयक्तिक विवरण (पिआरएस) अद्यावधिक गर्न यसअघि नै आग्रह गरिसकेको छ । जुन कर्मचारीको सरुवा हुन लागेको हो, त्यही कर्मचारीले मात्र सरुवा निवेदन दिन सक्ने गरी सफ्टवेयरको व्यवस्था गर्ने र त्यसपछि सरुवा माग गर्नुुको औचित्य र आवश्यकता हेरेर मात्र कर्मचारीको सरुवा गरिने छ ।