• १६ भदौ २०८१, आइतबार

'प्रेमगन्ज'को गीत 'समय' सार्वजनिक

blog

काठमाडौं, असार २६ गते । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म 'प्रेमगन्ज'को तेस्रो गीत 'समय' रिलिज भएको छ । गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् ।

निर्देशक परिच्छेद सेनका अनुसार फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गर्नुभएको छ भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गर्नुभएको हो । 

पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतमा किरण भुसालले आवाज रहेको छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गर्नुभएको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन् । 

फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने फिल्म भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।