• १२ असार २०८१, बुधबार

भजन कीर्तन सामग्री हस्तान्तरण

blog

गोरखापत्र अनलाइन

काठमाडौं,  असार २५ गते । बागमती प्रदेशका सभामुख सानु श्रेष्ठले लोक संस्कृतिको संरक्षण र विकासमा बागमती प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

प्रदेश सरकारका तर्फबाट प्रदान गरिने भजन कीर्तन सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शनिबार सो कुरा बताउनुभएको हो । 

कोटेश्वरस्थित निखिलेश्वर महादेव मन्दिरका उपाध्यक्ष एवम् टोल समितिका अध्यक्ष नानीकाजी केसी सिलवाललाई सभामुख श्रेष्ठले हार्मुनियम, मादल, ढोलकजस्ता सामग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका ३२ का वडा अध्यक्ष नवराज पराजुली, टोल समितिका सचिव पीताम्बर भण्डारी, सल्लाहकार पुष्पलाल धिताललगायतले मन्तव्य राक्नुभएको थियो ।

सभामुख श्रेष्ठलगायतको सहयोगबाट मन्दिर हातामा चारतले सामुदायिक भवन निर्माण भइरहेको छ । सभामुख श्रेष्ठले सो निर्माणाधीन भवनको निरीक्षण पनि गर्नुभयो ।