• १९ पुस २०८१, शुक्रबार

खेलकुदमा महिला अभिवृद्धि कार्यक्रम टोलीको बिदाइ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

कार्यक्रम उपत्यकाका तीनसहित २१ जिल्लामा सञ्चालन गरिनेछ । काठमाडौँ, ललिपतुर, भक्तपुर, इलाम, ओखलढुङ्गा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब चार हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् । प्रशिक्षार्थीलाई नेपाल केआईएफ कुरोदय सङघ र नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घले आत्मरक्षासम्बन्धी तालिम दिनुहुनेछ । फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइनेछ । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का विज्ञहरूले मनोविज्ञानसम्बन्धी प्रशिक्षण दिनेछन् ।