• २० कात्तिक २०८२, बिहिबार

संयुक्त राष्ट्रसङ्घीय मिसनद्वारा अफगानिस्तानमा सीमा सेवा स्थगित

blog

काबुल(अफगानिस्तान), कात्तिक २० गते । अफगानिस्तानमा महिला कर्मचारीलाई कार्य अनुमती नदिएको कारण संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले हेरात प्रान्तको इस्लाम काला सीमामा आप्रवासीका लागि निर्धारित सबै सेवा स्थगित गरेको घोषणा गरेको छ । 

सेवा स्थिगितको घोषण गर्दै युएनएएमएले इरानबाट फर्केका शरणार्थीमा अधिकांश महिला तथा बालबालिका रहेकाले महिला कर्मचारी बिना आवश्यक सेवा प्रदान गर्न सम्भव नभएको बताएको छ । संयुक्त राष्ट्र सङ्घले जारी गरेको विज्ञप्तिमा, “इस्लाम कालाबाट फर्केका ६०% भन्दा बढी महिला र बालबालिका रहेको तथा हरेक दस परिवार मध्ये तीनको नेतृत्व महिलाद्वारा गरिएकाले महिला कर्मचारी बिना, महिला र बालबालिकाको सेवा गर्न नसक्ने उल्लेख गरिएको छ । 

यसैबिच, इरानबाट निर्वासितले आफुहरुको गम्भीर आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै मानवीय सहायतालाई राजनीतिक औजारको रूपमा प्रयोग नगर्न आह्वान गरेका छन् । धेरै नागरिक र नागरिक समाजका कार्यकर्ताले मानवीय सहायतालाई राजनीतिकरण गर्न नहुने कुरामा जोड दिएका छन् ।  

निर्वासितलाई उदृत गर्दै इरानबाट निर्वासित अफगानलाई तत्काल सहयोगको आवश्यकता रहेकाले संयुक्त राष्ट्र सङ्घ र अन्य मानवीय संस्थाबाट तुरुन्तै इस्लाम काला सीमामा पुनः सहयोग सुरु गर्नुपर्ने अवस्था रहेको टोलो न्यूजले जनाएको छ । 

नागरिक समाजका कार्यकर्ता सैयद अशरफ सादतले “इस्लाम काला सीमामा फिर्ती प्रक्रियालाई सहज बनाउन राहत एजेन्सीले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउदै तिनीहरूको सहायता स्थगित गर्दा फर्कने जोखिमा पर्ने बताउनु भएको छ । पछिल्लो समयमा, इस्लाम काला सीमा हुदै लगभग १.२ मिलियन अफगान आप्रवासी इरानबाट फर्केको जनाइएको छ । रासस/एएनआई