• २९ वैशाख २०८१, शनिबार

वस्तुगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर

blog

राष्ट्रिय–सन्दर्भ

१. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा कहिले उद्घाटन गरियो ? 

वि.सं. २०७९ जेठ २

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको । 

२५६६औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको उद्घाटन कार्यक्रममा बिहान ६ बजेर ३० मिनेटमा काठमाडौँबाट ७५ यात्रु लिएर आएको नेपाल एयरलायन्सको न्यारो बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको । त्यसपछि बिहान कुवेतबाट १७८ यात्रु लिएर आएको जजिरा एयरलायन्सको न्यारो बडी जहाज ७ बजेर ७ मिनेटमा अवतरण गरेको । 

कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान गरेको ।

यो विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विमान अवतरण गर्न नसकेको अवस्थामा अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता हटेको । 

विमानस्थल र उडान सुरक्षाका लागि आवश्यक अत्याधुनिक उड्डयन उपकरण आईएलएससहितको यस विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग रहेको ।

यो विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० र त्यस्तै क्षमताका वाइङ बडी अवतरण गर्न सक्ने ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन तथा प्राधिकरणले तोकेको मापदण्डअनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७९ वैशाख २१ गते प्रमाणीकरण गरिसकेको । 

यस विमानस्थलको यान्त्रिक परीक्षण वि.सं. २०७८ फागुनमा गरिएको ।

२. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लुम्बिनी भ्रमण कहिले भएको हो ?

२०७९ जेठ २

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २०७९ जेठ २ मा २५६६औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीको भ्रमण भएको । सो अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशका प्रतिनिधिबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको । 

नेपाल र भारतबीच भएका समझदारी

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)बीच डा. अम्बेडकर चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गर्ने समझदारी 

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआरबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना गर्ने समझदारी ।

काठमाडौँ विश्वविद्यालय र आईसीसीआरबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना गर्ने समझदारी ।

केयू र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहकार्य गर्ने समझदारी । 

केयू र आईआईटीएमबीच स्नातकोत्तर तहको संयुक्त शैक्षिक कार्यक्रम चलाउने सहमति ।

अरुण ४ परियोजना विकास र कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच समझदारी ।

३. नेपालमा कोरोनाविरुद्धको पहिलो खोप कसलाई दिइएको हो ?

डा. सागर राजभण्डारी

४. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?

काभ्रेपलाञ्चोक

सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका । 

सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको । 

सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान ६३४६ रहेका । 

कफी उत्पादनमा बागमती प्रदेश पहिलो स्थानमा रहेको । 

तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको । 

५. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

भीमशमशेर

६. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?

बाटुलेचौर, कास्की

७. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ? 

वि.सं. १९५१ (वीरशमशेको पालामा)

८. सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनः संरचना समन्वय समितिको संयोजक को हुने प्रावधान छ ?

मुख्य सचिव 

९. जलवायु परिवर्तनविरुद्ध सन्देश दिने उद्देश्यका साथ सगरमाथाको सफल आरोहण गर्ने गायक को हुन् ?

राजु लामा (२०७९)

६५०० मिटर उचाइको क्याम्प ३ मा उनले साङ्गीतिक प्रस्तुतिसमेत दिएर नयाँ कीर्तिमान कायम गरेका ।

उनी मङ्गोलियन हार्ट ब्यान्डका चर्चित गायक हुन् ।

१०. आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ ‘आठपहरिया सङ्ग्रहालय’ कहाँ निर्माण गर्न थालिएको छ ?

धनकुटा

११. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

सुवानन्द दास

१२. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

वि.सं. २०७४ मङ्सिर १

१३. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?

वि.सं. २०६४

१४. नेपालकै ठूलो विद्युतीय सब–स्टेसन कहाँ रहेको छ ?

धनुषाको ढल्केबर 

चार सय केभीको यो सब–स्टेसन वि.सं. २०७७ माघ १९ मा उद्घाटन गरिएको ।

यो सब–स्टेसन निर्माण सकिएपश्चात् ढल्केबर मुजफ्फरपुर लाइनसहित सञ्चालनमा आएको ।

यो सब–स्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ४००÷२०० केभी रियाक्टर जडान गरिएको । 

चार सय केभी सब–स्टेसनबाट करिब नौ सय मेगावाट विद्युत् चार सय केभी र २२० केभीमा आदानप्रदान गर्न सकिने ।

यो सब–स्टेसन नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको ।

१५. सङ्खुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?

वि.सं. २०७९ जेठ २

सङ्खुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सो सहमति भएको । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले हस्ताक्षर गरेका । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणबमोजिम सरकारी स्वामित्वका संस्थाको संयुक्त लगानीमा अरुण–४  को निर्माण अगाडि बढाउन लागिएको । 

खङ्खुवासभामा बग्ने अरुण नदीमा पहिचान गरिएको यो आयोजनाको कुल क्षमता ४९०.२ मेगावाट हुने प्रारम्भिक अध्ययनले देखाएको । 

यो नेपाल र भारतका सरकारी निकायको संयुक्त लगानीको पहिलो जलविद्युत् आयोजना हो । 

यसमा प्राधिकरणको ४९ प्रतिशत र सतलजको ५१ प्रतिशत सेयर स्वामित्व रहने तय भएको । 

सतलजले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ भने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने अनुमति पाएको । 

सतलज भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम कम्पनी हो ।

गत चैतमा सम्पन्न प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्रबमोजिम सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा अरुण–४ जलविद्युत् आयोजना बनाउन लागिएको ।

समझदारीअनुसार अरुण–४ बाट नेपालले २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउने । 

उत्पादित विद्युत् नेपालमै खपत गर्न सक्ने अवस्था रहेमा विद्युत् प्राधिकरणलाई नै किन्ने अधिकार प्राप्त हुने । नेपालले खपत नगरेमा मात्र भारत अथवा बङ्गलादेशमा निर्यात गरिने । 

आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्न र आवश्यक पर्ने ऋण जुटाउन प्रवद्र्धक कम्पनीका तर्फबाट सतलज जलविद्युत् निगमले नै हल गर्ने प्राधिकरणले जनाएको । 

आयोजनाको अहिले जडित क्षमता ४९०.२ मेगावाट पहिचान भए पनि डिजाइन परिवर्तन गर्दा आयोजनाको क्षमता ६९५ मेगावाट पुग्ने प्राधिकरणले जनाएको । यसो हुँदा नेपालले १५२ मेगावाट (२१.९ प्रतिशत)सम्म विद्युत् निःशुल्क पाउन सक्ने ।

विद्युत् विकास विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमनित लागत करिब ७९ अर्ब १२ करोड रुपियाँ रहेको ।

आयोजनाबाट वार्षिक औसत दुई अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुने ।

प्राधिकरणले पाउने ४९ प्रतिशत सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित जिल्लावासी र १५ प्रतिशत सर्वसाधारणलाई दिइने ।

त्यस्तै, आयोजनाको लाइसेन्स लिँदा प्राधिकरणले तिरेको करिब ५१ करोड रुपियाँ र योसँगै जोडिएका अन्य खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको सेयर लगानीमा पुँजीकरण हुने ।

समझदारीअनुसार १० दिनभित्रमा आयोजनाको सम्भयता अध्ययन प्रतिवेदनको पुनरवलोकन र १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने ।

सोही समयभित्र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनको अद्यावधिक गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अरुण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेकसेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्ने ।

प्रस्तावित डिजाइनअनुसार बाँध निर्माण गरी अरुण नदीको पानीलाई २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर)मा लगिने । 

डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३, सजुवाबेँसीमा रहने भूमिगत विद्युत्गृहमार्फत विद्युत् उत्पादन गरिने ।

विद्युत् उत्पादन गरी निस्किएको पानी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पुनः अरुण नदीमा खसालिने ।

आयोजना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।

१६. प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद् (प्रतिनिधि सभा) पहिलोपल्ट कहिले विघटन गरिएको हो ?

वि.सं. २०७७ पुस ५ (दोस्रो पल्ट ः वि.सं. २०७८ जेठ ८)

१७. सर्वोच्च अदालतद्वारा पहिलो पटक प्रतिनिधि सभा विघटन बदर घोषणा कहिले भएको हो ?

वि.सं. २०७७ फागुन ११

पहिलो पटक विघटित सङ्घीय संसद् (प्रतिनिधि सभा)ले वैकल्पिक बहुमतको सरकार दिन नसकेकाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा नेकपा (एमाले) संसदीय दलको नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका । 

१८. दोस्रो पल्ट विघटित सङ्घीय संसद् (प्रतिनिधि सभा) सर्वोच्च अदालतले कहिले बदर गरेको हो ?

२०७८ असार २८

१९. शेरबहादुर देउवा पाँचौँ पटक कहिले प्रधानमन्त्री नियुक्त भएका हुन् ?

वि.सं. २०७८ असार २९

२०. नेपालको पहिलो पर्यटन गाउँ घोषित ठाउँ कुन हो ?

स्याङ्जाको सिरुबारी

२१. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम (हाल राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण कार्यक्रम)को सुरुवात कहिलेदेखि भएको हो ?

आ.व. २०६६÷६७ (यस कार्यक्रमको दायराभित्र ३७ जिल्ला रहेका ।)

२२. वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यका साथ २०७८ साउन १ देखि कति माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ?

४० माइक्रोन 

२३. समावेशीकरण राष्ट्रिय आयोगको गठन कहिले गरिएको हो ?

वि.सं. २०६५ पुस २९

२४. कुन पर्वलाई विस्का वा विस्पती पर्व पनि भनिन्छ ?

विसु पर्व

२५. प्रसिद्ध धार्मिकस्थल बडीकेदार कहाँ रहेको छ ?

डोटी

२६. मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

छाउनी, काठमाडौँ

२७. नेपाली वैज्ञानिकहरूको सूची तयार कुन निकायद्वारा गरिएको हो ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)

नास्टद्वारा पहिलो पटक विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यावारिधि गरेका वैज्ञानिकहरूको सूची तयार पारिएको । हाल यस सूचीमा ८७३ जना नेपाली वैज्ञानिकको नाम समेटिएको । यसलाई ‘हु इज हु’ नामकरण गरिएको ।

विषयगत विज्ञता एवं उनीहरूले गरेका कामको जानकारी दिने उद्देश्यले यो सूची प्रकाशन गरिएको ।

२८. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आफ्नो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ ?

४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक)

२९. सरकारले किसान वर्गीकरण परिचयपत्र वितरणका लागि पहिलो चरणमा छनोट गरेका (सात प्रदेशका एक÷एक) जिल्ला कुन कुन हुन् ?

झापा (प्रदेश–१), पर्सा (प्रदेश–२), काभ्रे (बागमती), कास्की (गण्डकी), कपिलवस्तु (प्रदेश–५), सुर्खेत (कर्णाली) र कञ्चनपुर (सुदूरपश्चिम)

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मानी एक घरबाट एक जनालाई परिचयपत्र प्रदान गरिने । 

किसान वर्गीकरण परिचयपत्र वितरण २०७६ साउनदेखि गरिएको ।

३०. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ ?

राज्यशक्ति 

३१. कवि शिरोमणि लेखनाथ पौडेल साहित्य पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

रमेश खकुरेल

३२. चुरे संरक्षण राष्ट्रिय दिवस, २०७८ असार २ को नारा के हो ?

चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई

३३. अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी कसलाई दिएको  छ ?

नवयुग श्रेष्ठ (वि.सं. २०७९ जेठ १०)

३४. नेपाल सरकारले आ.व. २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरेको हो ?

वि.सं. २०७९ जेठ १०

३५. विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा पहिलो जननिर्वाचित सरकारले गठन कहिले भएको थियो ?

वि.सं. २०१६ जेठ १३

३६. शाहवंशीय इतिहासमा सबभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

श्री ५ त्रिभुवन 

३७. धीरशमशेरका सत्र भाइ छोरामध्ये कति छोराहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ?

५ 

(वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर र जुद्धशमशेर)

अन्तर्राष्ट्रिय–सन्दर्भ

३८. जर्मन साम्राज्यका संस्थापक कसलाई मानिन्छ ?

विस्मार्क

३९. कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?

युनान (ग्रिस)

४०. भिक्टोरिया फल्स कुनकुन देशको सीमामा पर्दछ ?

जिम्बाव्बे र जाम्बिया

४१. अमेरिकी इतिहासमा कार्यवाहक राष्ट्रपति हुने पहिलो महिला को हुन् ?

कमला ह्यारिस

४२. Seven Rila Lakes कहाँ  पर्दछ ?

बुल्गेरिया 

रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने Seven Rila Lakes सातवटा हिमतालको समूह हो ।

२१०० मिटरदेखि २५०० मिटर उचाइमा अवस्थित सात तालहरू :

१) द टियर (सबैभन्दा सानो)

२) द आई

३) द किड्नी

४) द ट्विन (सबैभन्दा ठूलो)

५) द टे«फोइल

६) फिश लेक

७) द लोवर लेक

रमणीय यो ठाउँ पर्यटकका लागि आकर्षक गन्तव्य बनेको । 

४३. क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन कहिले भएको हो ?

सन् २०२१ मार्च ६ (जन्म ः जून २१, १९२६ बेलिङवोल्ड, नेदरल्यान्ड)

४४. हाल सबैभन्दा धेरै इन्टरनेट प्रयोग गर्ने मुलुक कुन हो ?

चीन (दोस्रो ः भारत र तेस्रो ः अमेरिका)

४५. ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी)मा कति सदस्य मुलुक आबद्ध छन् ?

१२

४६. सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?

फुमिओ किशिदा

(जापानको १००औँ प्रधानमन्त्रीमा नियुक्त ।) 

४७. हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या –आफ्नै निवासमा) कहिले भएको हो ?

सन् २०२१ जुलाई ७

४८. क्थmदष्यतष्अ ीष्लप भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ ?

इन्डो–प्यासिफिक 

४९. ग्रेट ग्रिन वाल प्रोजेक्ट कहाँ कहाँ सञ्चालनमा ल्याइएको छ ?

अफ्रिकाको साहेल क्षेत्र

५०. विश्व प्रसिद्ध अनुसन्धान तथा परामर्शदाता संस्था प्राइस वाटरकुपर्स (पिडब्लुसी)का अनुसार लगानीका लागि आकर्षक गन्तव्यमा पहिलो पाँच स्थानमा परेका मुलुक कुन–कुन हुन् ?

क्रमशः अमेरिका, चीन, जर्मनी, बेलायत र भारत

विविध

५१. लोन्ली प्लानेटले प्रकाशित गरेको सूचीअनुसार सन् २०२२ मा घुम्नका लागि उत्कृष्ट मुलुकमध्ये पहिलो स्थानमा रहेको मुलुक कुन हो ?

कुक आइल्यान्ड

सूची अनुसार सन् २०२२ मा घुम्नै पर्ने १० मुलुकहरू 

१. कुक आइल्यान्ड        २. नर्वे

३. मौरिसस               ४. बेलिज

५. स्लोभेनिया             ६. एङगुइला

७. ओमान                ८. नेपाल

९. मलावी                १०. इजिप्ट

५२. ‘प्यान्डोरा पेपर्स’ केसँग सम्बन्धित छ ?

अवैध रूपमा विदेशमा लगानी गर्ने व्यक्तिहरू 

५३. We Think Digital नामक कार्यक्रम कुन संस्थासँग सम्बन्धित छ ?

फेसबुक

५४. गम्भीर बिरामीको उपचारका लागि बनाइएको आईसीयू र एचडीयूको पूरा रूप के हो ? 

इन्टेन्सिभ केयर युनिट र हाई डिपेन्डेन्सी युनिट  

५५. 2–DG  के सँग सम्बन्धित छ ?

कोरोना भाइरस सङ्क्रमितको औषधि

५६. हाल विश्वका कति देशमा बाघ पाइन्छ ?

१३

बाघ पाइने राष्ट्रहरू : नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, लाओस, रुस, मलेसिया, इन्डोनेसिया र कम्बोडिया । 

नेपालमा विभिन्न बाघ गणनामा बाघको सङ्ख्या 

सन् १९९५ : ९८

सन् २००० : १०९

सन् २००५ : १२६

सन् २००९ : १२१

सन् २०१३ : १९८

सन् २०१८ :२३५

सन् २०१८ को बाघ गणनाअनुसार सबैभन्दा बढी बाघ पाइने निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको ।

नेपालमा बाघका लागि अनुकूल वातावरण भएको साथै बाघ संरक्षणको दृष्टिले स्थापना गरिएको निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज हो ।

विश्व बाघ दिवस जुलाई २९ मा मनाइने । 

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरिएको । टि इन्टु टु यहीसँग सम्बन्धित नारा हो ।

५७. नइ प्रकाशनले नइ देरुनिखपू बाल पुरस्कार, २०७८ कसलाई प्रदान गर्ने घोषणा गरेको हो ?

सुश्री सम्पदा दुलाल 

नइ प्रकाशनले १५ वर्ष ननाघेका आठ बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ निम्नानुसार प्रदान गर्ने भएको ः 

नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान गर्ने भएको ।

साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, स्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ रशु पन्त र खेलकुदतर्फ नयना शाक्यलाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान  गरिने भएको ।

त्यस्तै, १० वर्षीय सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको नइ देरुनिखपू कोपिला पुरस्कार प्रदान गर्ने निर्णय गरिएको ।

५८. युद्ध साहित्य पुरस्कार, २०७८ कुन कृतिलाई प्रदान गरियो ?

अफगानी रणमैदान

५९. सन् २०२२ मा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन–कोप २७ कहाँ हुने भएको छ ?

इजिप्ट

६०. जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ (सन् २०२१) मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य राखेको घोषणा गरेको छ ?

सन् २०४५

६१. सामुदायिक विकास तथा विश्व शान्ति पत्रकारिता सातौँ अन्तर्राष्ट्रिय सम्मान २०२० कसलाई प्रदान गरियो ?

नन्दुकुमार देवान (सन् २०२१ डिसेम्बरमा)

६२. दश वर्षको अवधिलाई दशक भनिन्छ भने सय वर्षको अवधिलाई के भनिन्छ ?

शताब्दी

६३. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना कहिले गरिने भएको छ ?

वि.सं. २०७९ असोज २८ – कात्तिक ३ (गण्डकी प्रदेश)

प्रतियोगिताको तयारी अभावका कारण प्रतियोगिता सारिएको राष्ट्रिय खेलकुद परिषद् स्रोतले जनाएको।

यसअघि सरकारले गण्डकी प्रदेशमा २०७९ जेठ २२–२८ सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।


लेखन/संयोजन : टङ्क के.सी.