१. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम
मुख्य एजेन्डा : जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धि र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धता कार्यान्वयन ।
– कोप–३० मा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार (९ सदस्यीय) को नेतृत्वको टोली सहभागी भएको ।
– नेपालद्वारा सम्मेलनमा सगरमाथा संवादको निष्कर्षका साथै जलवायुजन्य हानिनोक्सानी, कार्बन वित्त, पेरिस सम्झौताको धारा ६ सम्बन्धी एजेन्डालगायत विषय प्रस्तुत गरिएको । जलवायु वित्त, पारदर्शिता ढाँचा, पर्वतीय मुद्दा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरणमा केन्द्रित विषय पनि नेपालको प्राथमिक एजेन्डाका रूपमा रहेका ।
– जलवायु सहनशीलता, स्वच्छ ऊर्जा र न्यायोचित रूपान्तरणसम्बन्धी नयाँ सहमतिलाई कोप–३० को महत्वपूर्ण उपलब्धि भएको बताइएको ।
– नेपालले कोप–३० को पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते ‘लिडर समिट’ को आयोजना गरेको ।
– पहिलो कोप सम्मेलन (कोप १) सन् १९९५ मार्च २८– अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा सम्पन्न भएको थियो ।
– आगामी कोप ३१ सन् २०२६ मा अस्ट्रेलियाको एडिलेडमा हुने भएको ।
– कोप २९ अजरबैजानको राजधानी वाकु (सन् २०२४ नोभेम्बर ११–२२) मा सम्पन्न भएको ।
२. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?
दक्षिण अफ्रिका
– मिति : सन् २०२५ नोभेम्बर २२–२३
– अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको ।
– सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका ।
– जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित ।
– जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएको ।
– घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश ।
३. सरकारले मुख्य सचिवमा कसलाई नियुक्त ग¥यो ?
सुमनराज अर्याल
– विसं २०८२ मङ्सिर ८ को मन्त्रीपरिषद् बैठकले मङ्सिर १० देखि लागु हुने गरी अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको ।
– ५८ बर्से उमेर हदका कारण मुख्य सचिव एकनारायण अर्याल ९ मङ्सिरबाट अनिवार्य अवकाश भएका ।
४. सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?
राष्ट्रिय योजना आयोग
५. विश्व शौचालय दिवस कहिले मनाइन्छ ?
नोभेम्बर १९
– सन् २०२५ को नारा : सेनिटेसन इन अ चेन्जिङ वल्र्ड ।
– विश्वका सबै नागरिकलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको ।
– नेपाल विसं २०७६ असोज १३ गते खुला दिशामुक्त देश घोषणा (दक्षिण एसियामै पहिलो) भएको ।
– नेपालको पहिलो खुला दिशामुक्त घोषित जिल्ला कास्की (२०६८ असार १०) तथा सबैभन्दा पछिल्लो अर्थात् ७७ औँ जिल्ला भोजपुर (२०७६ असोज ४) रहेका ।
६. कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२ कसलाई प्रदान गरियो ?
विजय यादव ‘निर्बिज’
– बज्जिका भाषाको पहिलो उपान्यास ‘प्रतिमा’ का लेखक विजय यादव ‘निर्बिज’ लाई सो अवार्ड प्रदान गरिएको । सर्लाही मलङ्गवामा बज्जिका साहित्य समाज सर्लाहीले सो सम्मान प्रदान गरेकोे ।
७. बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
४३२ मेगावाट
– प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा विसं २०८२ मङ्सिर ३ गते बसेको बैठकले चार ठुला जलविद्युत् परियोजना (वेतन कर्णाली जलविद्युत् परियोजना, तल्लो अरूण जलविद्युत् परियोजना, अरूण जलविद्युत् परियोजना र पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना) का सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको ।
– अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाको ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपियाँ लागत स्वीकृत ।
– ६६२ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मसौदा स्वीकृत ।
– बैठकले नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरूण तेस्रो जलविद्युत् परियोजना प्रत्यक्ष सम्झौताको मसौदा स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस गरिने ।
– आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरिएको ।
८. एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको स्थान कुन हो ?
धनकुटा (विसं २०७५)
९. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ?
कोफी अन्नान र ड्याग ह्यामरसोल्ड
१०. राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ?
मङ्सिर १
– २०८२ (२१ औँ) को नारा : कफी खेती गरौँ, स्वरोजगार बनौँ ।
– नेपालमा विसं २०६२ बाट कफी दिवस मनाउन सुरु गरिएको ।
– विश्व कफी दिवस अक्टोबर १ मा मनाइने ।
– कफीमा पाइने तत्व : क्याफिन ।
– कफीको घर भनेर इथियोपियालाई चिनिने ।
– कफीका लागि प्रसिद्ध जिल्ला गुल्मी हो ।
– विश्वमा सबैभन्दा बढी कफी उत्पादन हुने देश ब्राजिल हो ।
११. हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ?
७५३
१२. विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
५.८ प्रतिशत (सन् २०२६ मा भने सो वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान रहेको ।)
१३. प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ?
दोस्रो
– विजेता : भारत
– उपविजेता : नेपाल
– आयोजक राष्ट्र : भारत र श्रीलङ्का
– खेल सञ्चालन : सन् २०२५ नोभेम्बर ११–२३
– सहभागी राष्ट्र : नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया र अमेरिका
– राउन्ड रोविन लिगको आधारमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ९ विकेटले, अस्ट्रेलियालाई ८ विकेटले तथा पाकिस्तान र अमेरिकालाई १०÷१० विकेटका साथ पराजित गरेको । नेपालकी विनिता पुनले पाकिस्तानविरुद्धको खेलमा १०७ रनको पारी खेलेकी ।
१४. ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन’ कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०८२ मङ्सिर ५–६, शैलुङ (दोलखा)
– गोरखापत्र संस्थानद्वारा आयोजित सो सम्मेलन समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा कविता वाचनसहित सम्पन्न भएको ।
– सो सम्मेलनमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले ‘अबको पत्रकारिताले समयसापेक्ष जनजीवनलाई जोड्नु पर्ने साथै साहित्य विकासमा ऐतिहासिक महìवका स्थललाई विकसित हुने वातावरण सिर्जना हुनुपर्ने’ बताउनु भएको ।
– सो सम्मेलनमा सुवासचन्द्र पौडेल, लक्ष्मी ढकाल, रञ्जना निरौला, किशोरी पहाडी, लक्की चौधरी, तारा बिएम, अमृता विकलगायतले कविता वाचन गर्नुभएको थियो ।
– सम्मेलनमा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, शैलुङ गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर तामाङलगायतको
उपस्थिति रहेको ।
१५. ९८ औँ ओस्कार अवार्ड, २०२६ का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो ?
एञ्जिला
– ९८ औँ ओस्कार अवार्ड सन् २०२६ मार्च १५ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुने ।
– मिलन चाम्स निर्देशित चलचित्र एञ्जिला राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित रहेको छ ।
– ९७ औँ ओस्कार अवार्डका लागि शाम्बाला चलचित्र छनोट भएको थियो ।
१६. नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?
विसं २०८२ साउन २६
१७. युइएफए वुमन्स् युरो २०२५ को उपाधि कसले जित्यो ?
इङ्ग्ल्यान्ड (उपविजेता : स्पेन)
१८. आव २०८१/८२ को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो ?
कोशी प्रदेश (७७.२६ प्रतिशत)
१९. मिस युनिभर्स २०२५ को उपाधि चुम्ने सुन्दरी को हुन् ?
फतिमा बोस (मेक्सिको)
– संस्करण : ७४ औँ
– आयोजना : थाइल्यान्ड
– विजेता : फतिमा बोस (मेक्सिको)
– फस्र्ट रनरअप : प्रविनर सिंह (थाइल्यान्ड)
– सेकेन्ड रनरअप : स्टेफेनी अवसली (भेनेजुएला)
– थर्ड रनरअप : आतिसा मानालो (फिलिपिन्स)
– फोर्थ रनरअप : ओलिभिया यासे (आइभरि कोस्ट)
२०. पहलमान सिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ?
विसं २०८२ जेठ २४–२५, धनगढी (कैलाली)
२१. रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्नेसम्बन्धी २८ बुँदे शान्ति योजनाको मसौदा कहिले सार्वजनिक गरियो ?
सन् २०२५ नोभेम्बर
– अमेरिकाद्वारा युद्ध अन्त्य गराउन विशेष पहल गरिएको । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८ बुँदे शान्ति योजनाको मसौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षासम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान रहेको जनाइएको ।
शान्ति योजनाका प्रमुख बुँदा
– रुसलाई पुनः जी–८ मा फर्काइने ।
– रुसमाथि लगाइएका विभिन्न प्रतिबन्ध चरणबद्ध रूपमा हटाइने ।
– रुसले छिमेकी मुलुकमा आक्रमण नगर्ने र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले थप विस्तार नगर्ने ।
– अमेरिकाको मध्यस्थतामा रुस–नेटोबिच सुरक्षा तथा तनाव न्यूनीकरणसम्बन्धी संवाद हुने ।
– युक्रेनले संविधानमा नेटोमा प्रवेश नगर्ने प्रावधान राख्ने ।
– नेटोले भविष्यमा युक्रेनलाई सदस्यता नदिने विषय आफ्नो विधानमा समावेश गर्ने ।
– नेटोले युक्रेनमा सेना तैनाथ नगर्ने ।
– क्रिमिया, लुहान्स्क र डोनेट्स्कलाई रुसका रूपमा मान्यता दिइने, खेरसन र जापोरिझिया सम्पर्क रेखामा ‘स्थिर’ अवस्थामा रहने ।
– रुसले सहमतिबाहेकका अन्य क्षेत्रको नियन्त्रण त्याग्ने ।
– सबै पक्ष सहमत भएपछि दुवै पक्षका सेनाले निर्धारित स्थानमा पछाडि हट्नेबित्तिकै युद्धविराम लागु हुने र सम्झौता कार्यान्वयन सुरु हुने कुरा पनि शान्ति योजनामा उल्लेख गरिएको ।
प्रस्तुतकर्ता : टङ्क केसी