• ७ जेठ २०८१, सोमबार

नेपाल आज ओन्टारियोविरुद्ध टी–२० खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १९ गते । आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । यस खेल नेपाली समय अनुसार राति ७ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले यसअघि ओन्टारियोसँग शुक्रबार एकदिवसीय अभ्यास खेल पनि खेलेको थियो । उक्त खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । नेपाली टोली अहिले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिदेशीय सिरिजको तयारीका लागि क्यानडा भ्रमणमा रहेको हो । नेपालले क्यानडासँग मंगलबार र बुधबार  दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ । क्यानडासँगको सिरिज खेलेर नेपाल उतैकार स्कटल्यान्ड जानेछ ।

स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ ।