पोखरा, असोज २५ गते। हस्पिटालिटी क्षेत्रमा आठ वर्षदेखि उत्कृष्ट सेवा दिँदै आएको होटल मिस्टिक माउन्टेनले आफ्नो सेवा पोखरामा सुरु गरेको छ।
यसअघि नगरकोटबाट सेवा दिइरहेको होटल मिस्टिक माउन्टेनलाई हिली भ्याली प्रालिले फ्रेन्चाइचका रूपमा पर्यटकीय राजधानी पोखरामा ल्याएको हो।
फेवाताल छेउमा अवस्थित होटलबाट पोखराका रमाणीय क्षेत्रहरूको दृश्यावलोकन गर्न पाइन्छ। स्वच्छ वातावरणमा बस्न चाहाने पाहुनाका लागि होटल उपयुक्त रहेको होटेल मिस्टिक माउन्टेनका सेल्स एन्ड मार्केटिङ म्यानेजर अमिता श्रेष्ठले बताउनुभयो।
पोखरा आउने पर्यटक प्रकृतिसँग रम्न आउने भएकाले त्यसलाई मध्यनजर गर्दै पोखराको सेदीमा होटल सञ्चालनमा ल्याएको उहाँको भनाइ छ।
नगरकोटमा उत्कृष्ट सेवा दिँदै आएको होटलले पोखरा जस्तोे पहिलो रोजाइको गन्तव्यमा सेवा दिन पाउनु खुसी र गौरवको कुरा भएको श्रेष्ठले बताउनुभयो।
चारतारे सुविधायुक्त होटलमा पाहुनाका लागि सराङकोटसम्म जानका लागि केवलकारको सुविधा, जिमहल, स्टिम, साउना, कन्फरेन्स हल, स्वीमिङ पुल लगायतको सुविधा छन्। होटलमा हाल ६० वटा स्वीट रुमहरू रहेका छन्।
व्यवसायीहरू मनमोहन कृष्ण श्रेष्ठ, कमल बान्सकोटा र सागर गुरुङ सञ्चालकका रूपमा रहनुभएको छ। पोखराको लेकसाइडदेखि होटलसम्म आउनजान पाहुनाका लागि होटलले यातायातको सुविधा समेत दिएको छ।