• १९ असोज २०८१, शनिबार

एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

blog

काठमाडौं, असार १४ गते । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिनुभएको छ । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाई बधाई दिनु भएको हो ।

इन्फान्टिनोले पत्रमार्फत नेम्वाङको कार्यकालमा नेपाली फुटबलको थप विकास हुनेमा विश्वास समेत लिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘तपाईको ज्ञान, क्षमता र अनुभवले सुन्दर खेल फुटबलको नेपालमा विकास हुनेमा पूर्ण आशावादी छु । निर्वाचित टिमले विभिन्न चुनौतीलाई सहज रुपले पार लगाउन सफल हुनेछ ।’

असार ६ गते भएको एन्फाको भएको २१औं चुनावी साधारण सभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतेल पराजित गर्दै एन्फा अध्यक्ष नेम्वाङ विजयी हुनुभएको थियो । एन्फा निर्वाचनमा खसेको कूल ८४ मत मध्ये नेम्वाङले ४५ र कर्माले ३९ मत प्राप्त गर्नुभएको थियो । नेम्वाङ यसअघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।