• २३ भदौ २०८२, सोमबार

'जेनजी'को प्रदर्शन

प्रहरीको गोली लागेर एकको मृत्यु

blog

काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, भदाै २३ गते । 'जेनजी'को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, घाइतेहरूकाे अन्य अस्पतालमा समेत रिफर गरिएकाे उहाँले जानकारी दिनुभयाे ।