• २३ भदौ २०८२, सोमबार

जेनजी आन्दोलनमा घुसपैठ भएपछि फिर्ता हुन आह्वान

blog

प्रदर्शनमा रहेका युवाहरू । तस्बिरः रासस

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २३ गते । जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरूलाई फिर्ता हुन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको छ ।

आह्वानमा भनिएको छ,  ‘कृपया तत्काल सुरक्षित तरिकाले बाहिर निस्किनुहोस् । केही घुसपैठ र स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाउन लागे । चाँडोभन्दा चाँडो त्यहाँबाट फिर्ता हुनुस् । आजको हाम्रो कार्यक्रम सफल भइसकेको छ । सबै जना सुरक्षित तरिकाले घर जानुहोला ।’