• १३ साउन २०८१, आइतबार

विघटित कांग्रेसको दुई भ्रातृ सङ्घको अध्यक्षमा तिमिल्सिना र घर्तीमगर नियुक्त

blog

काठमाडौं, असार १२ गते । नेपाली कांग्रेसको दुई वटा भ्रातृ सङ्घ संशाेधित विधानबाट म्याद समाप्त भएपछि स्वतः विघटन भएको छ । विघटन भएको नेपाल किसान सङ्रघ र नेपाल आदिवासी जनजाति सङ्घलाई पुनर्गठन गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले किसान सङ्घको अध्यक्षमा गणेश तिमिल्सिना तिमिल्सिना र जनजाति सङ्घको अध्यक्ष ओमबहादुर घर्ती मगरलाई नियुक्त गर्नुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ चैत १५ गते बसेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२(१)(च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।