• २० असार २०८१, बिहिबार

सागमा स्वर्ण विजेतालाई गोदावरीको आजीवन भत्ता

blog

गोदावरी नगरपालिकाको ११औं नगरसभाको उद्घाटन गरिँदै । तस्बिर : गोेरखापत्र

काठमाडौं, असार ११ गते । गोदावरी नगरपालिकाको ११औं नगरसभाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ता प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार भएको निति तथा कार्यक्रमले गोदावरी नगरपालिकाबाट साग खेलकुदमा स्वर्ण पदक जित्ने नगर भित्रका खेलाडीलाई मासिक पाँच हजार रुपियाँ भत्ता दिने निर्णय गरेको हो ।

नगरपालिकाको उक्त निर्णयले अग्रज खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई पदक जित्न प्रोत्साहन मिलेको सागका दोहोरो स्वर्णधारी कराते खेलाडी दीपक श्रेष्ठले बताउनुभयो । 

नगरपालिकाले खेलाडीलाई खेलमा लाग्न प्रेरित गरेको भन्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ र अर्का स्वर्णधारी गंगाराम मर्हजनले नगरप्रमुख गजेन्द्र महर्जनलगायत पालिका परिवारलाई खेलाडीको तर्फबाट आभार प्रकट गर्नुभएको छ ।