• १५ साउन २०८२, बिहिबार

‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक

blog

काठमाडौँ, साउन १४ गते  । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले  चलचित्रका दुई वटा पोस्टर सार्वजनिक गरेको हो । खुसी र तनाव देखाइएको पोस्टरमा चलचित्रका प्रमुख कलाकार देखिएका छन् । जसमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देवा, कामेश्वर चौरसिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठ रहनुभएको छ । 

चलचित्र भदौ २७ गते प्रदर्शन हुँदै छ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको सङ्घर्षको कथा बताउने निर्देशक सुशान्त गौतमले बताउनुभयो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । 

सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेल, प्रकाश दाहाल र सुषमा निरौलालगायतको अभिनय रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुन्जन गिरी हुनुहुन्छ । रमेश चौलागार्इं र हरि श्रेष्ठ सहनिर्माता रहनुभएको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइटेल र सन्देश श्रेष्ठ रहनुभएको छ ।