• २० असार २०८१, बिहिबार

पूर्व राष्ट्रिय च्याम्पियनको नाममा जुनियर टेबल टेनिस हुने

blog

जुनियर टेबल टेनिस प्रतियोगिता आयोजना बारे जानकारी गराईदै । तस्बिर : गोरखापत्र

काठमाडौं । असार ५ गते । अखिल नेपाल टेबल टेनिस संघले टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेले नाममा राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पाण्डेको नाममा नयाँ खलाडी उत्पादन गर्ने लक्ष्यका साथ जुनियर प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । 

प्रतियोगिताको मिति भने पछि सार्वजनिक गरिने बताईएको छ । संघले आइतबारनै प्रतियोगिता आयोजनाका लागि पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेसँग सझौता पनि गरेको छ । संघका अध्यक्ष चतुरानन्द राज बैद्य र कल्याणराज पाण्डेका छोरा कुशलराज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता अनुसार पाण्डे परिवारले संघलाई ६ लाख रुपियाँ प्रदान गर्नेछ । उक्त रकम बैंकको मुद्दति खातामा जम्मा गरिने र सो बाट प्रत्यके बर्ष आउने ब्याज ७० हजार रुपियाँ प्रतियोगिता आयोजनामा खर्च गरिनेछ । 

यसबर्ष भने पहिलो पटक प्रतियोगिता आयोजना गर्न पाण्डे परिवारले संघलाई ७० हजार रुपियाँ उपलब्ध गराउने बताईएको छ । यदि सम्झौता अनुसार संघले लगातार दुई बर्षसम्म प्रतियोगिता आयोजना नगरेमा मुद्दति खातामा जम्मा भएको पैमा पाण्डे परिवारले फिर्ता लैजाने छ । संघले प्रतियोगिताको प्राविधिक जिम्मेवारी लिनेछ ।