• ५ असार २०८२, बिहिबार

लडेर घाइते भएका सहकारीको उपचारका क्रममा मृत्यु

blog

भीरबाट लडेर गम्भीर घाइते हुनुभएको राजेन्द्रको हेलिकोप्टरबाट उद्धार गरिँदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट असार ५ गते ।
भीरबाट लडेर गम्भीर घाइते हुनुभएको कालीकोटको नरहरीनाथ गाउँपालिका–५ का राजेन्द्र सहकारीको उपचारका क्रममा मृत्यु भएको छ । घरका लागि काठ लिन आउँदै गर्दा भीरबाट लडेर सहकरी गम्भीर घाइते हुनुभएको थियो ।

गाउँपालिकाको सहयोगमा २५ वर्षीय घाइते सहकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । तर उहाँको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

उहाँका आफन्त बिरेन्द्रवहादुर बुढाले सहकारी घर निर्माणका लागि दार बोकेर ल्याउँदै गर्दा भीरबाट लडेर घाइते हुनुभएको थियो । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरको व्यवस्था गरेर तत्काल उद्धार गरियो । तर बचाउन नसकिएको बुढाको भनाइ छ ।

गाउँपालिका अध्यक्ष बिष्टले सहकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उपचारको क्रममा सहकारीको मृत्युपछि नरहरीनाथ गाउँपालिका स्तब्ध भएको छ ।

भीरबाट लडेर गम्भीर घाइते हुनुभएको सहकारीलाई सोमबार अध्यक्ष बिष्टको पहलमा हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।