• २ असार २०८२, सोमबार

गोठमा चट्याङ लाग्दा पशु चौपाया मरे

blog

गोठमा चट्याङ लाग्दा मरेका चौपाया । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 
तुलसीपुर, असार २ गते ।
तुलसीपुर उपमहानगरपालिका– ७ घुसेरीमा एक  एक गोठमा चट्याङ लाग्दा पशु चौपाया मरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीका सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका दुई वटा भैंसी, तीन वटा खसी, एक वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार चट्याङ  एक भैंसी घाइते भएको छ भने गोठपूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।