• २३ जेठ २०८२, शुक्रबार

दुवै सदनको बैठक बस्दै

blog

काठमाडौँ, जेठ २२ गते । सङ्घीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।

सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नुहुने, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नुहुने गर्नुहुने छ ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।