• २३ जेठ २०८२, शुक्रबार

‘ताराहरू’ को पोस्टर सार्वजनिक

blog

काठमाडौं, जेठ २२ गते । वेज प्रालिको प्रस्तुति रहेको चलचित्र ‘ताराहरू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । आशान्त शर्माले निर्देशन गर्नुभएको चलचित्रमा मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबुलगायतको अभिनय रहेको छ । 

लेखक तथा निर्देशक शर्माले सहरकेन्द्रित निम्न मध्यमवर्गीय परिवारका व्यक्तिले आफ्नो सपना र आकङ्क्षा पूरा गर्न के कस्ता अवरोधको सामना गर्दै अघि बढ्छ भन्ने विषयवस्तुलाई चलचित्रमा उतारिएको बताउनुभयो । उहाँका अनुसार चलचित्रमा गहन विषयवस्तुलाई मनोरञ्जनात्मक हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र भदौ ६ गतेबाट देशभरि प्रदर्शन हुँदै छ ।