• २३ जेठ २०८२, शुक्रबार

श्रेष्ठको ‘यो माया नि कस्तो’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २२ गते । गायिका अञ्जु श्रेष्ठको नयाँ गजल ‘यो माया नि कस्तो’ भिडियोसहित सार्वजनिक भएको छ । भूपेन्द्र महतको शब्द, दीप घतानीको सङ्गीत र सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको भिडियोमा गायिका श्रेष्ठको अभिनय देख्न सकिन्छ । 

राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन र दीपेन्द्र गौतमको भिडियो प्रोडक्सन रहेको छ । प्रेमको गहिराइका भिन्न आयामलाई प्रस्तुत गरिएको भिडियो संयोग र वियोगको अवस्थालाई कलात्मक रूपमा चित्रण गरिएको छ । 

दशक लामो साङ्गीतिक यात्रा पूरा गर्नुभएकी श्रेष्ठले आधुनिक, पप, गजल, बालगीतलगायत दर्जनौँ गीतमा स्वर दिनुभएको छ ।